पाँचथर, असार २३ । पाँचथरको फिदिम नगरपालिका ४ कुमालेटारमा बस्दै आएका ८० वर्षीय वृद्ध टेकबहादुर इङ्वाको हत्यामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फिदिम नगरपालिका २ पल्लोटारका ५९ बर्षीय जीव नारायण श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । श्रेष्ठलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो…