दिपक श्रेष्ठ काठमाडौं । पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङमाथि अहिलेसम्म ११ सय ४७ वटा जाहेरी र ४ अर्ब ५५ करोड बढी बिगो दाबी गरी प्रहरीमा उजुरीको चाङ लाग्ने क्रम जारी छ । उनीमाथि अनुसन्धान गर्न थप १८ दिन हिरासत राख्ने अनुमति अदालतले दिएको छ । तामाङमाथि संगठित अपराधमा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान व्यूरोले…