दीपक श्रेष्ठकाठमाडौं । कोरोना महामारीले सुनसान बनेका राजधानीका मूख्य व्यापारिक क्षेत्रहरु असन, इन्द्रचोक, नयाँ सडकलगायतका स्थानमा दशैंको किनमेल गर्नेहरूको भीड लाग्न थालेको छ । सामान्य मरमसलादेखि लत्ता कपडा र गरगहना किन्नेहरुको भीड मनग्गे देख्न सकिन्छ । भीडभाडमा मौकाको फाइदा उठाउँदै चोरी गर्ने, पकेट मार्ने र महिला हिंसा गर्ने समूहहरू पनि सक्रिय भएको पाइएको छ ।…