सुनसरी । धरान उप–महानगरपालिका वडा नम्बर–४ स्थित धरान–भेडेटार सडक खण्डको जंगलमा मानव अंग फेला परेको छ । हत्या गरी टाउको, शरीर र खुट्टा अलग–अलग गरी फालिएको अवस्थामा भेटिएको हो । टाउको र खुट्टा जेब्रा झोलामा र शरीरको भाग झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । सडक खण्डको आँपगाछी…