१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बलात्कारको आरोप लागेका सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी


572
Shares

काठमाडौं, फागुन ४ । बलात्कारको आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।

जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

पक्राउ पूर्जी जारी भएसँगै आरोपित सांसद बानियालाई पक्राउ गरि कानूनी प्रक्रिया अघि बढाइने बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा सदस्य बानियाँले नेपालगञ्जको होटलमा तिर्नुपर्ने २५ लाख रुपैयाँ लिन बोलाइ बलात्कार गरेको दाबी गर्दै जुम्लाकी एक महिलाले बाँके प्रहरीमा जाहेरी दिएकी थिइन ।