हेटौंडा । मकवानपुर प्रहरीले ६९ किलो ५ सय ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । काउली राखेको तरकारीको बोराबाट गाँजासहित तरकारी बोकेको अटोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरी टोलीले हेटौंडा–१ स्थित पालुङ बसपार्कमा ना १ ह ७६३८ नम्बरको अटोलाई चेकजाँज गर्दा काउलीको बोरा भित्र लुकाएर ल्याएको…