१० असार २०८१, सोमबार | Tue Jun 25 2024


काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला


702
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा आज शुक्रबार बिहान विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।

उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय गर्ने तयारी गरेको भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरीवरिष्ठ उपरीक्षक विष्णु कुमार के.सी.ले ईमेज खबरलाई जानकारी दिनुभयो ।

शंकास्पद वस्तु कसले राखेको हो भन्नेबारेमा भने खुलेको छैन ।

अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा विभिन्न ठाउँमा आन्दोलन भइरहेका बेला बम राखेरसमेत राजधानीमा आतंक फैलाउन थालिएको छ ।