बारा । सुरक्षा दृष्टिकोणले संवेदनशील मानिएको मधेश प्रदेशको बारा जिल्लामा अवैध हतियारको ओसारपसार र कारोबार बढ्दै गएको छ । स्थानीय निर्वाचन नजिकिएसँगै बढेको राजनीतिक सरगर्मीले पनि अवैध हातहतियार र ओसारपसारको कारोबार बढेको हो । केही साता अघि मात्र परबानीपुरका सनबर देबान र सिम्रौनगढ बजारबाट दुई भारतीय नागरिक स्वचालित हतियारसहित पक्राउ परेका थिए । इलाका प्रहरी…