काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा एमाले र नेपाली कांग्रेसबीच तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा मंगलबार मदन-आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले यस्ताे बताउनुभएकाे हाे। मुलुकमा निर्वाचनको माहौल खडा भइरहेकाे समयमा उहाँले कांग्रेस र एमालेबीच तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेकाे बताउनुभयाे। उहाँले मुलुकमा…