काठमाडौं । पूर्वसभामुख कृष्ण बहादुर महराविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा बयान जारी रहेकाे छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा महराको बयान जारी रहेकाे हाे । सोमबार सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । महराबिरुद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैद सजाय माग दावी गरिएको छ ।…