काठमाडौं ।चितवन जिल्लाको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित बनाउन सुरक्षा निकायले आफ्नो सक्रियतालाई तिव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीकाअनुसार आसन्न निर्वाचनको अवधिभर सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको हो । निर्वाचन आयोगले तोकेको प्रचारप्रसारको १५ दिने अवधिलाई लक्षित गर्दै (सोमवार) ४ गतेदेखि जिल्लाका सबै…