Logo १ भाद्र २०८३, सोमबार | Tue Aug 18 2026


नेकपाले जारी गरेकाे घोषणापत्र निर्वाचन आयोगमा पेस


208
Shares

काठमाडाैं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाकाे निर्वाचनका लागि जारी गरेको घोषणापत्र निर्वाचन आयोगमा पेस गरेका छन् ।

आइतबार दिउँसो ३ बजे नेकपाले आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष घोषणापत्र पेस गरेको हो।

आयोगले यसअघि नै सबै दलहरूलाई निर्धारित समयसीमाभित्र आवश्यक कागजात पेश गर्न पत्राचार गरेको छ। नेकपाले माघ २७ गते घोषणापत्र जारी गरेको थियो।