काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय संख्या कटौती गर्नुभएकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै २६ सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएकाे जनाएकाे हाे। अब उहाँको सचिवालय ६ सदस्यीय भएको छ। यी ६ जना पहिले नियुक्त व्यक्तिहरू नै भएको प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालले जानकारी दिनुभयाे। यस अनुसार यो कटौतीमा पनि प्रमुख…