Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


रास्वपाका सभापति लामिछानेले मतदान गरे


195
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ ।

बिहीबार बिहान सभापति लामिछानेले काठमाडौंको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लोकतन्त्रको सुन्दरता नै निर्वाचन प्रणाली भएको भन्दै निर्वाचन परिणाम स्वीकार्नुको विकल्प नभएको बताउनुभयो ।

उहाँले जेनजी आन्दोलनको जगमा विशेष परिस्थितिमा भइरहेको निर्वाचनमा सहभागि भई सही नेतृत्व चयन गर्न समेत सबैमा अपिल गर्नुभएकाे छ। उहाँले जेन–जी पुस्ताको माग सम्बोधन गर्न अग्रसर हुने पहिलो पार्टी रास्वपा भएको दावी पनि गर्नुभयो ।

सभापति लामिछानेले चितवन–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार समेत रहनुभएको छ । बिहीबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि निर्वाचन भइरहेको हो । देशैभरी मतदान कार्य जारी रहेकाे छ ।