काठमाडौं । मेष: आज धन लाभ हुनुका साथै मान–प्रतिष्ठा बढ्ने र काममा सफलता मिल्ने योग छ। तर साँझपख विवादमा पर्न सक्ने भएकाले बोली र व्यवहारमा संयम अपनाउनुहोला। वृष: आज मानसिक तनाव, अनावश्यक खर्च र मनमा चञ्चलता बढ्न सक्छ। यद्यपि, साँझपख भने मन प्रसन्न रहने र परिस्थितिमा सुधार आउने देखिन्छ। मिथुन: व्यापार व्यवसायमा सफलता मिल्नुका साथै…