काठमाडौं । देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा आज मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ।
ती प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि छिटपुट हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति पनि पहाडी तथा तराई भूभागमा मौसम बदली रहनेछ। तराईका क्षेत्रमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ।
रातिको समयमा मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।










प्रतिक्रिया दिनुहोस्