नरेन्द्र महतारा-संवाददाता काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको विवादले उग्र रुप लिन थालेपछि पार्टी थप संकटमा परेको छ । पार्टी नेतृत्वको रस्साकस्सीका कारण उनीहरु वारपारको अवस्थामा छन् । उनीहरुबीच पार्टीका बैठकमा मात्र होइन, सार्वजनिक कार्यक्रममा समेत वारपारको स्थिति छ । राजनीतिक…