रामेछाप । असोज १७, १८ र १९ गतेको लगातार वर्षाको कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । बाढी पहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीका विभिन्न १६ ठाउँमा क्षति पुगेको थियो । बाढीले क्षति पुर्याएको करिब ५ किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी रूपमा सडक सञ्चालन गरिएको छ ।…