काठमाडौं। जारी दोस्रो संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल शनिबार हुने भएकाे छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार दिउँसो साढे ३ बजेदेखि शुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै उपाधि नजिक पुगेको छ। लुम्बिनीले पनि दोस्रो…