Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


आठ महिनामा करिब ११ खर्बको व्यापार घाटा

काठमाडौं ।चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार उक्त अवधिमा १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको वैदेशिक व्यापार भएकोमा १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ घाटा रहेको छ ।…