Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाई सकियो : निर्वाचन आयोग

काठमाडाैं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतदाता नामावली र मतपत्र छपाइको कामलाई तिब्रता दिएको छ ।  आयोगले आईतवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र र मतदाता नामावली छपाईको कामलाई तिब्रता दिएको जानकारी दिनुभयो । उहाँकाअनुसार समानुपातिक तर्फको मतपत्र छपाईको काम सकिएको छ भने प्रत्यक्षतर्फको मतपत्रको छपाई शुरु भएको छ…