काठमाडाैं । काठमाडौंको सिनामंगलस्थित गैरीगाउँमा रहेको काठ गोदाममा आगलागी हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएको छ । विमानस्थल नजिकै रहेको गैरी गाउँको एक घरकाे गोदाममा लागेको भीषण आगलागीबाट उठेको धुवाँको मुश्लोले विमानस्थल वरपरको आकाश धमिलिएपछि उडान र अवतरण अवरुद्ध भएको हो । नेपाल प्रहरी, महानगर प्रहरी लगायतले दमकलको सहायताबाट आगलागी नियन्त्रणको प्रयास…