काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने भएको छ । महानगरपालिकाका नगरप्रहरी प्रमुख विष्णुप्रसाद जोशीले बुधबार पत्रकार सम्मेलन गर्दै यस्ताे बताउनुभएको हो । उहाँले धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पती संरक्षणका विषय र वर्कसपका विषयमा ध्यान केन्द्रित गर्न नगर प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले काम गर्न नआउने र शक्तिकेन्द्रमा धाउने बानी हटाउन…