काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले आक्रोश व्यक्त गर्नुभएको हाे । विपद्मा हेलिकाेप्टरबाट उद्धार गर्ने गृहमन्त्री सुधन गुरुङले संसदमा प्रतिवद्धता जनाता पनि हालै सुर्खेतबाट कालिकोट जाँदै गरेको यात्रुवाहक गाडी…