काठमाडाैं। आईसीसी क्रिकेट विश्वकप लिग-२ काे तयारीमा रहेको नेपालले एक दिवसीय अभ्यास खेलमा जर्सीलाई ८१ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ । जर्सीको ग्रेनभिलमा साेमबार राति भएको खेलमा नेपालले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याएको जर्सी ४१ ओभरमै १ सय ६९ रनमा अलआउट भएकाे हाे । जर्सीका लागि चार्ली ब्रेननले अविजित ८२ तथा डानियल…