काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार गरेर महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा ल्याइएकामध्ये २७ जनाको उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ६७ बिरामीमध्ये २७ जनाको उपचार भइरहेको जानकारी दिनुभयो । उपचार भइरहेका बिरामीमध्ये तीन जनाको सघन उपचार कक्ष ९आइसियू० र दुई जनाको हाइकेयर ९विशेष निगरानी० मा…