काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ। बैठक बुधबार दिउँसो १ बजे सिहदरबारमा बस्ने संसद सचिवालयले जनाएको हाे। बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने सम्भावित कार्यसूची छ। बैठकमा सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्ने भएकाे हाे ।…