काठमाडौं । भोटेकोशीमा आएको बाढीले धुञ्चे–स्याफ्रुबेँसी जोड्ने पक्की पुल बगाएपछि यातायात सहज बनाउन नयाँ बेलिब्रिज निर्माणको काम तीव्र पारिएको छ।
गत भदौ १० गते आएको बाढीले पुल बगाएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा बेलिब्रिज निर्माण अघि बढाइएको हो। अहिले पुलको जग निर्माणको काम सुरु भइसकेको छ।
आगामी तिहारअघि नै निर्माण सम्पन्न गरी यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। सोहीअनुसार निर्माण कार्यलाई तीव्रता दिँदै चौबिसै घण्टा काम भइरहेको जनाइएको छ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे र प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीसहितको टोलीले शनिबार निर्माणस्थल पुगेर बेलिब्रिज निर्माण कार्यको प्रगति तथा अवस्थाबारे जानकारी लिनुभएको छ।










प्रतिक्रिया दिनुहोस्