काठमाडौं । काठमाडौंको मच्छेगाउँमा रहेको मत्स्यनारायण मन्दिरमा आइतबारदेखि एक महिने पुरुषोत्तम मास (अधिक मास) मेला प्रारम्भ भएको छ । ‘मलमास मेला’का रूपमा समेत परिचित यस अवधिमा काठमाडौं उपत्यकासहित देशभरबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको आगमन हुने गर्दछ । धार्मिक मान्यता अनुसार पुरुषोत्तम मासमा भगवान नारायणको श्रद्धापूर्वक पूजा–आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने जनविश्वास…