Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


पाथीभरा मन्दिरमा वैशाखमा १ करोड ६ लाख बढी भेटी संकलन


0
Shares

काठमाडाैं । ताप्लेजुङकाे पाथीभरा मन्दिरमा एक महिनामा १ करोड ६ लाख २८ हजार भेटी संकलन भएको छ ।

गत वैशाख महिनामा उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको हाे । समितिले गत चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेकाे जानकारी गराएकाे छ।

गत चैतमा ५८ लाख ५७ हजार ५ सय र फागुनमा ३१ लाख १० हजार संकलन भएको थियो ।