Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


नेपाली बजारमा २ दिनमा सुन प्रतितोला साढे ९ हजार रूपैयाँले घट्यो


13
Shares

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ।

गत शुक्रबार तोलामा चार हजार रूपैयाँ र आइतबार चार हजार पाँच सय रूपैयाँले गरी दुई दिनमा सुनको मूल्य प्रतितोला नौ हजार पाँच सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी शुक्रबार प्रतितोला पाँच हजार तीन सय ९० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी आइतबार तोलामा पाँच हजार ६० रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला तीन सय ३० रूपैयाँले घटेको हो।

साथै अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार पाँच सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।