काठमाडाैं । सरकारले नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गरेको छ। यहि कार्तिक २७ गतेदेखि लागू हुनेगरी कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभएकाे हाे। सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषदकाे बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको…