Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


दार्चुलामा भूकम्पको धक्का महशुस


494
Shares

काठमाडाैं । दार्चुलामा साेमबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको छ।

शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रबिन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हाे। जिल्ला प्रहरी कार्यालय दार्चुलाले क्षतिको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको जनाएकाे छ।

यसअघि गत बिहीबार राति नेपाल–भारत सीमा क्षेत्र भारतको पिथौरागढ जिल्लाको तावाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।