Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


जेनजी आन्दोलनका नाममा रोटी सेक्ने एमालेका विरूद्धमा छन्ः एमाले नेतृ झाँक्री

क्रान्तिकारी शक्तिलाई अब अलमल नगरि एमालेमा फर्किन आह्वान

390
Shares

काठमाडाैं । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले जेनजी पुस्ताको आन्दोलनका नाममा स्वार्थकेन्द्रित काम भइरहेको बताउनुभएको छ।

काठमाडाैंमा सोमबार ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रममार्फत नेकपा एमालेमा समाहित हुँदै नेतृ झाँक्रीले यस्तो बताउनुभएको हो। उहाँले जेनजी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश भएपनि त्यसमा रोटी सेक्नेहरु धेरै भएको बताउनुभयो । अहिले जेनजी आन्दोलन भर्सेस एमाले जस्तो भाष्य खडा गरिएको समेत उहाँकाे तर्क छ।

जेनजी आन्दोलनका स्टक होल्डरहरु नजानिँदो ढंगले आफूलाई दावी गरेर स्वार्थकेन्द्रित काम गर्न थालेको उहाँले बताउनुभयो । जेनजी आन्दोलनमा रोटी सेक्नेहरु एमालेविरुद्धमा खनिएको उहाँकाे दावी छ।


उहाँले भन्नुभयो,-‘जेनजी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश थियो । त्यो सामान्य कुरा थियो । त्यसमा रोटी सेक्नको लागि जुन जुन तत्वहरु सामेल भए, आज फर्केर हेर्दा जेनजी आन्दोलन भर्सेस एमाले र त्यसको नेतृत्व उभियो समाजमा । जेनजी आन्दोलनका स्टक होल्डरहरु नजानिँदो ढंगले मान्छेहरुले आफूलाई दावी गरिहेका छन् । चाहे त्यो माओवादी तत्कालिन पार्टी होस्, नेपाली कांग्रेसको एउटा हिस्सा, राप्रपा होस्, रास्वपा होस् । अन्य प्रकारका स्वतन्त्र अभियान चलाउनेहरु हुन्, समाजमा हेरौं । जेनजी आन्दोलनमा रोटी सेक्नेहरु आज एमालेका विरुद्धमा छन् ।’

नेतृ झाँक्रीले समाज कहाँ जाँदैछ भनेर चिन्ता गर्नुपर्ने बताउनुभयो । उहाँले क्रान्तिकारी शक्तिहरु अब अलमल गरेर बस्न नहुने भन्दै एमालेमा फर्किन आह्वान गर्नुभएकाे छ। सार्वभौमिकता, सार्वजनिक सम्पत्ति, नागरिक जीवनको रक्षाका लागि एमालेमा आउनुपर्नेकाे उहाँकाे जाेड थियाे ।