काठमाडौं। काठमाडौंको जहरसिंहपौवा-साँखु सडकखण्डमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ जन पुगेको छ। साेही दुर्घटनामा परी घाइते भएका २३ जनाको अस्पतालमा उपचार जारी रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे हाे। बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा ३ महिला र २ जना पुरुषको मृत्यु भएको प्रहरीले बताएकाे छ। काठमाडौंको गोकर्णेश्वर…