Logo ७ माघ २०८२, बुधबार | Thu Jan 22 2026


आगामी निर्वाचनका लागि म्यादी प्रहरीकाे भर्ना खुल्याे (सूचनासहित)

इच्छुक नेपाली नागरिकलाई आगामी माघ १० गतेसम्म आवेदन दिन आह्वान

715
Shares

काठमाडौं। सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३३ हजार ९ सय ८० निर्वाचन प्रहरी (म्यादी) भर्नाको तयारी गरेको छ ।

नेपाल प्रहरीले बिहीबार एक सूचना जारी गर्दै म्यादी प्रहरीकाे भर्ना सम्बन्धी जानकारी गराएकाे हाे । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको छ । निर्वाचन प्रहरीमा भाग लिन इच्छुक नेपाली नागरिकलाई आगामी माघ १० गतेसम्म आवेदन दिन आह्वान गरिएकाे छ । प्रहरी, सशस्त्र प्रहरी र सेनाबाट अवकाश पाएकाहरुले पनि आवेदन दिन सक्ने भएका छन् ।

त्यस्तै, यहि पुससम्म सेना, प्रहरी र सशस्त्रमा आवेदन दिएकाहरु पनि प्राथमिकतामा पर्ने भएका हुन्। यसअघिका निर्वाचनमा सहभागी भएका म्यादी प्रहरी र विदेशी फौजमा काम गरेकाहरुलाई पनि यसपटक प्राथमिकतामा राखिएको छ । पुरुषका हकमा करिब ५ फिट इञ्च उचाइ र महिलाका हकमा ४ फिट १० इच उचाइ र गर्भवती नभएको प्रावधान राखेर आवेदन आह्वान भएको छ ।

आवेदकहरुबाट माघ ९ गतेभित्र छनाेट गरी माघ १५ गते प्रशिक्षण शुरु हुने जारी सूचनामा भनिएकाे हाे।