सोलुखुम्बु, भदौ २१ । सोलुखुम्बुका विद्यालयहरु खुल्न थालेका छन् । स्थानीय तहको निर्णय अनुसार हिजोदेखि नै धेरैजसो विद्यालयहरुमा नियमित पढाई हुन थालेको हो । सोलुदूधकुण्ड नगरपालिका, नेचासल्यान गाउँपालिका, लिखुपिके, महाकुलुङ, सोताङ, माप्यदूधकोशी र खुम्बुपासाङल्हमू गाउँपालिकामा पठनपाठन हुन थालेको हो । स्वास्थ्य मापदण्ड पालना गरी विद्यार्थीको भौतिक उपस्थितीमा पालिकाभित्रका सबै विद्यालय खुलेका हुन् । अभिभावक र…