![](https://www.imagekhabar.com/wp-content/uploads/2021/09/prabat.jpg)
पर्वत, असोज १० । विद्यार्थीहरु धमाधम बिरामी पर्न थालेपछि पर्वतको कुश्मा नगरपालिका– ११ पकुवाको सिल्मीमा रहेका दुईवटा विद्यालय बन्द गरिएको छ ।
स्थानीय विश्वज्योती प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालय र रानीस्वाँरा प्राथमिक विद्यालय बन्द गरिएको हो ।
गएको एक सातादेखि विद्यार्थीहरुमा ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको विश्वज्योती प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश तिमिल्सिनाले जानकारी दिनुभयो । अन्य विद्यार्थीहरुमा संक्रमण नफैलियोस् भनेर विद्यालयमा पठनपाठन बन्द गरिएको बताइएको छ ।
झण्डै ५० जना विद्यार्थी बिरामी परेका छन् । उनीहरुको पीसीआर परीक्षणका लागि स्वास्थ्यकर्मीलाई बोलाइएको वडा अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्