काठमाडौं ।सरकारले उत्तरी चीनतर्फका थप नाका खुलाउने गरी गृहकार्य गरेको छ । कोरोला, किमाथांकासहितका नाका खुलाउनका लागि गृहकार्य थालेको हो । तातोपानी, रसुवागढी नाकामा खासगरी बर्खायाममा निकै समस्या आउन थालेपछि अन्य वैकल्पिक नाकामा संरचना तयार गरेर भन्सार बिन्दु विस्तार गर्ने काम भइरहेको भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बताउनुभयो । उत्तरी नाका रसुवा र तातोपानी नाकाहरु…