चितवन । चितवनमा परीक्षा दिन गएका दुई विद्यार्थीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको भरतपुर महानगरपालिका–३ बाह्रघरेचोकस्थित मुनलाइट बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत भरतपुर–१६ शरणपुरका अन्दाजी १४ वर्षीय सनम रम्तेल र सोही स्थानका प्रशान्त क्षेत्रीको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीका अनुसार दुवै…