काठमाडौं ।नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नागरिकको आत्मसम्मान र मौलिक अधिकारको सन्दर्भमा कसैसँग कुनै सम्झौता नगर्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै उहाँले सरकारले नागरिक अधिकारलाई कुण्ठित गरेर सुकुम्बासी बस्तीमा डोजर चलाएको आरोप लगाउनुभयो । उहाँले नेता वा सरकार संविधानभन्दा माथी नहुने उल्लेख गर्दै सुशासनका नाममा नागरिक अधिकारलाई कमजोर पार्ने अभ्यास स्वीकार्य…