काठमाडौं । जापानमा सोमबार राति शक्तिशाली भूकम्प गएको छ । जापानको उत्तरी तटमा शक्तिशाली भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार आओमोरी र होक्काइडो तटनजिकै केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको हो। शक्तिशाली भूकम्पले यस क्षेत्रको तटीय क्षेत्रमा ४० सेन्टिमिटरसम्मको सुनामी आएको थियो। जापानी मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प जापानको मुख्य…