Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


गण्डकी प्रदेशका भौतिक मन्त्रालयका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर


1.2k
Shares

काठमाडौँ । गण्डकी प्रदेशका भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको हो। पौडेलले गैरकानुनीरुपमा दुई करोड ५८ लाख ६४ हजार ३२४ रुपैयाँ आर्जन गरेको पाइएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए।

उनले आर्जन गरेको उक्त रकमलाई लुकाउन सहयोग गर्ने उनकी श्रीमती हुमा कुमारी उपाध्यायसहित अख्तियारले जमुना कुमारी रोकाक्षेत्री, हरीप्रसाद पौडेल र शान्ति दराईविरुद्ध पनि मुद्दा दायर गरेको छ।

उपाध्यायलाई रु. दुई करोड २३ लाख, रोका क्षेत्रीलाई रु. एक करोड ६३ लाख छ हजार र पौडेल र दराईलाई रु. एक करोड ३८ लाख बिगो माग दाबी गरिएको छ।