काठमाडौं । आज आश्विन शुक्ल पक्षको एकादशी तिथि । बडादशैंको टीका आज आइतबार पनि लगाइँदैछ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म (नवरात्रमा) नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि शुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि छ । दशैंको टीका आशीर्वाद थाप्न टाढा हुने आफन्तहरु आजबाट आश्विन शुक्ल पूर्णिमासम्म मान्यजन, मामाघर, ससुराली, आफन्तको घरमा…