२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024


शान्त र संयममतापूर्वक सामान्य रुपमा चाडवाड मनाऔँ : महामन्त्री शर्मा


104
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तिहार, छठ लगायतका चाडपर्वहरु तडकभडक नगरी मनाउन आग्रह गर्नुभएको छ ।

दशैँ,तिहार, छठ, नेपाल संवत, उँधौली पर्व लगायतमा तडकभडक, फजुल खर्च बढी हुने गरेको भन्दै शान्त, संयम र आत्मीयताका साथ मनाउन आह्वान गर्नुभएको हो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले दशैँपर्व शुरु हुनुपूर्वको विपद्बाट नेपालले ठूलो जनधनको क्षति व्यहोरेको भन्दै मृत आत्माको चीर शान्तिको कामना समेत गर्नुभयो ।

उहाँले विपद्मा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारजनमा समवेदना प्रकट गर्नुभयो । उहाँले शान्त र संयमसँग सामान्य चाडपर्वहरु मनउनुपर्ने बताउनुभयो । दीपावलीको दीपसँगै सबैको मनमा सकारात्मक सोच र भावको दीप जल्नुपर्ने बताउनुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘दशैँपर्व मनाउन शुरु गर्नु भन्दा दुई साता जति अघि मात्रै हामीले २ सयभन्दा बढी आफन्तहरुलाई गुमायौँ, बाढी र पहिरोको चपेटामा परेर । दशैँ मनाउँदै गर्दा हामीले शुभकामना आदानप्रदान त ग¥यौँ । तर सँगै दिवंगत आत्माको शान्तिको कामना पनि ग¥यौँ । ती परिवारजनलाई यो बेला पनि सम्झौँ । जब तिहार मनाउने तयारी हामी गर्दैछौँ । शान्त र संयमसँग सामान्य रुपमा तिहार मनाआँै । तडकभडक नगरीकन, फजुल खर्च नगरीकन चाडपर्व मनाऔँ ।’

‘म स्वदेश र विदेशमा रहनुहुने समस्त नेपाली आमाबुबा, दिदिबहिनी र दाजुभाईहरुलाई आउँदै गरेको तिहार (दीपावली), छठ, नेपाल संवत, उँधौली पर्व, सबैको हार्दिक शुभकामना दिन चाहन्छु । यो पर्वले हामी सबैको बीचमा आत्मीयता र प्रेम अभिवृद्धि गर्न सकोस् । दीपावलीको दीपसँगै हामी सबैको मनमा सकारात्मक सोचको भावको दीप जल्न सकोस् । सबैलाई धेरै धेरै शुभकामना ।’ महामन्त्री शर्माले भन्नुभयो ।

महामन्त्री शर्माले आउँदै गरेको तिहार, छठ, नेपाल संवत, उँधौली पर्वको शुभकामना समेत दिनुभयो ।