काठमाडौं ।काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ। बिहीबार बिहान धादिङको थाक्रे गाउँपालिका–७, सातकिलोमा पहिरो खस्दा सडक दुईतर्फी अबरुद्ध भएकाे हाे । अवरुद्ध सडक खुलाउन समय लाग्ने धादिङ प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेको प्रहरीले जनाएको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।