डडेल्धुरा । डोटी जोरायल गाउँपालिका ६ स्थीत प्राकृतिक झरना पछिल्लो समय आन्तरिक पर्यटकका लागि भाइरल हुँदै गएको छ । अरु दिन फाटफुट आएपनि शनिबार हजारौंको संख्यामा आन्तरिक पर्यटक झरनामा आउने गरेका छन् । चैतदेखि असोजसम्म प्राकृतिक र वातावरणीय मौसम अनुकुल रहने भएकाले यस समयमा झरनामा आउनेको संख्या बढी हुने गर्दछ । स्थानीयसँगै डडेल्धुरा, कैलाली र…