Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


अविरल बर्षाले ढल्यो हात्तिढुंगा


0
Shares

दाङ, साउन २६ । दाङको प्रमुख पर्यटकीय सम्भावना बोकेको हात्तिढुंगा ढलेको छ ।

तुलसीपुर–१४ ढ्वाङपुरस्थित रहेको हात्तिढुंगा गएरातिदेखि परेको अविरल वर्षाका कारण ढलेको हो ।

वडा नं. १४ का वडाध्यक्ष पर्शुराम चौधरीका अनुसार हात्तिढुंगा संरक्षण गर्ने योजना भए पनि बजेट अभावका कारण संरक्षण गर्न नसकिरहेको अवस्थामा मंगलबार बिहान परेको पानीले पहिचान नै मेटिने गरी ढलेको हो ।

लामो समयदेखि ऐतिहासिक पहिचान बोकेको हात्तिढुंगा ढलेपछि स्थानीयले दुःख व्यक्त गरेका छन् । स्थानीय सरकारले समयमै ध्यान दिन नसक्दा भत्केको र अन्ततः नगरको चिनारीनै ध्वस्त भएको स्थानीयको गुनासो छ ।