कोरोनाभाइरसबाट संक्रमितको संख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको अधिकारीहरूले बताएका छन् ।
माघ ८ गते शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको माओवादीको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके र कैलालीको अधिवेशन अझै हुन सकेको छैन ।
आफ्नो सरकारले ६५ प्रतिशत नागरिकलाई कोभिडविरुद्धको खोपको पूर्ण मात्रा र ७८ प्रतिशतलाई पहिलो मात्राको खोप दिएको देउवाको दाबी छ ।
पछिल्लो दुई साताको अवधिमा प्रदेशका जिल्लामा कोभिडविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आफूहरू जतिसक्दो चाँडो समस्या समाधान गर्न अपस्ट्रिम प्रदायकहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि आइसप्यानले जनाएको छ ।
२३ हजार ९२ जनामा गरिएको परीक्षणमा १० हजार ७ सय ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी समूह ‘बी’ अन्तर्गत स्कटल्यान्ड र वेस्ट इन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन् । ग्लोबल छनोट ओमान र जिम्बाबेमा हुनेछ र चार टोलीले विश्वकपको यात्रा तय गर्नेछन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायी र सरोकारवालासँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको हो ।
बोर्डले स्वास्थ्य बीमा ऐनले निर्दिष्ट गरेअनुसार ‘वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यविधि स्वीकृत गरेको छ ।