Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


नेपालमा कोरोना संक्रमण नियन्त्रणबाहिर पुग्ने खतरा

काठमाडौं, असोज ३० । नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिइसकेको छ । दैनिक तीन हजारमाथि संक्रमित भेटिइरहेका छन् । सरकारले कोरोनाभाइरसको परीक्षण र उपचारमा ठूलो रकम खर्च भएको र सेवा-सुविधाको

बढी शुल्क लिएको भन्दै काठमाडौं मोडल स्कुल घेराउ

काठमाडौं, असोज ३० । काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलले ‘लकडाउन’को अवस्थामा पनि मासिक शुल्क बढाएर लिएको भन्दै अभिभावकहरुले विद्यालय घेराउ गरेका छन् । अभिभावकहरुले कोभिड-१९ का कारण पठनपाठन बन्द भएको

पाँचखालमा विद्यार्थी र शिक्षकलाई १५ दिन बिदा

काभ्रे, असोज ३० । पाँचखाल नगरपालिकाले कोरोनाभाइरसबारे समुदायमा जनचेतना जगाउन विद्यार्थी र शिक्षकलाई १५ दिन बिदा दिने निर्णय गरेको छ । यसअघि यही असोज ४ गतेबाट स्वास्थ्य सुरक्षाका मापदन्ड पालना

कोरोना पुष्टिपछिमात्रै ‘आइसोलेसन’मा बस्न स्वास्थ्यकर्मीलाई सरकारको निर्देशन

काठमाडौं, असोज ३० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिरामीको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोनाको लक्षण देखिए वा ‘पोजिटिभ’ आएपछिमात्र ‘क्वारेन्टिन’ वा ‘आइसोलेसन’मा बस्न निर्देशन दिएको छ ।

प्रदेश-१ मा कोरोनाका कारण एकैदिन नौजनाको मृत्यु

मोरङ, असोज ३० । पछिल्लो २४ घन्टामा प्रदेश नम्बर-१ मा कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र तेह्रथुमका दुई/दुईजना रहेका छन् ।

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, दुई गम्भीर घाइते

राजविराज, असोज ३० । हुलाकी सडकअन्तर्गत् सप्तरीको खडक नगरपालिका–११, बनौलीमा दुईओटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१०, बनौलीका ३० वर्षीय हाकिम राइन र खडक

कोरोनाका कारण विश्वभरि ११ लाख तीन हजारको मृत्यु, ७० हजार बढीको अवस्था गम्भीर

पेरिस, असोज ३० । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरि हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरणअनुसार कोरोनाभाइरसबाट विश्वभरी संक्रमित भएकाहरुको

हुम्लामा चीनले नेपाली भूभाग अतिक्रमण गरेको कुराको सत्य तथ्य छानबिन गर्न डा. शेखरको माग

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कर्णाली प्रदेशको हुम्लामा चीनले नेपाली भूभाग अतिक्रमण गरेको कुरा गम्भीर विषय भएको बताउनुभएको छ । डा कोइरालाले यस विषयमा सत्य तथ्य

विदेश पठाइदिने भन्दै नक्कली भिषा देखाएर रकम असुल्ने दुई जना पक्राउ

काठमाडौं । विदेश पठाउने भन्दै रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोले विदेश पठाउने भन्दै रकम असुल्ने दुई जनालाई पक्राउ गरेको छ ।

नेपाली टोलीले गर्‍योे बरुन्त्से हिमालको सफल आरोहण

काठमाडौं । नेपाली टोलीले बरुन्त्से हिमालको सफल आरोहण गरेको छ । पर्यटन विभागका अनुसार आरोहणको जारी सिजनमा दावा स्टेभन शेर्पा नेतृत्वमा ७ जनाले हिजो बरुन्त्से हिमाल आरोहण गरेका हुन् ।